समाज
Mar 30, 2020
खाद्यान्न घरघरमा लगिदिन प्रशासनको आग्रह
काठमाण्डौं । चैत १७ । लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना सवारी साधनमार्फत होम डेलिभरीको व्यवस्था गर्नसमेत अनुरोध गरेको छ । 
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा सामान खरीदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । 
पोशाक भत्ता  कोषमा 
 जोरायल गाउँपालिका वडा नं ५ गड्सेरावासी तथा शिक्षक तीर्थराज भण्डारीले आफूले पाउँदै गरेकोको सरकारी शिक्षक पोशाक भत्तावापतको रु दश हजार  नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । 
शिक्षक भण्डारी हाल भक्तपुर जिल्लास्थित गणेश माध्यमिक विद्यालय सूर्यविनायक नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आउनुभएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video