शिक्षा /स्वास्थ्य
Mar 27, 2020
सिरहाको १२ स्थानीय तहहरुमा १३ आईसोलेशन वार्ड र पाँच दर्जनभन्दा बढी क्वारेनटाइन निर्माण
राजेन्द्र महतो । लहान चैत  १४ गते। कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा   आशंकामा परेका विरामीहरुको उपचारको लागि सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहको  समन्वयमा १३ स्थानमा आईसोलेशन वार्ड र पाँज दर्जनभन्दा बढी क्वारेनटाईन निर्माण गरेका छ्न।
कोरोना संक्रमणको महामारी रोकथामका लागि सिरहाका सिरहा, लहान, गोलबजार, मिर्चैया, सुखिपुर नगरपालिका तथा बिष्णुपुर, बरियारपट्टी, भगवानपुर, नरहा, अर्नमा, लक्ष्मीपुर पतारी र नवराजपुर गाउँपालिकामा क्वारेनटाइन  निर्माण गरेको हो ।
सिरहामा अहिले विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ।  जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुर गापामा ७ जना, भगवानपुर गापाको आभेनगरमा ३ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अन्जेश्वर चौधरीले बताएका छन् ।
जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार अहिले गम्भीर प्रकृतिका विरामी नदेखिएकोले उनीहरुलाई क्वारेनटाइनमै राखिएको बताएका छन। 
गम्भीर प्रकृतिको विरामी आएको खण्डमा जिल्लामा राखिएको पाँच स्थान महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पताल ५ बेड, लहान अस्पताल ५ बेड, आर।के।मेडिसिटी धनगढीमाई ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटल ५ बेडमा राखी उपचार गरिने जानकारी दिए । तर हाल सम्म पिपिइ जिल्लामा उपलब्ध नभएकोले ११ गते कोरोना भाइरसको आशंकमा औरहीका एक जना युवालाई थप उपचारको लागि काठमाडौंको टेकु पुर्याएको बताउनुहुँदै चौधरीले त्यसपछि अहिले जिल्लामा त्यस्तो प्रकृतिको विरामी परेको सूचना नआएको बताएका छ्न।
सिरहामा कोरोना भाइरस सर्न नदिनको लागि मानिसहरुको चहलपहलमा पूर्ण रुपमा स्थानीय प्रशासनले बन्देज लगाएको छ भने कोरोना भाइरसबाट बच्न विभिन्न सन्देशमुलक सूचनाहरु सबै स्थानीय तहले प्रचार प्रसार गरिरहेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video