जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
प्रमुख समाचार
Mar 26, 2020
हेटौँडामा कालोबजारी
हेटौँडा, चैत  १३  वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ दाल, तरकारी तथा फलफूललगायत सामान चर्को मूल्यमा बिक्रीवितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन् । हेटौँडाका विभिन्न चोक तथा गल्लीमा रहेका थोक तथा खुद्रा पसलमा सामानको अभाव बताउँदै महँगो मूल्यमा बिक्रिी हुने गरेको हेटौँडा उपमहानगरपालिका ४ का रामप्रसाद दाहालले बताउनुभयो । किराना तथा तरकारीका थोक बिक्रेता श्याम कलवारले प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि भएकाले आफूहरु पनि सोही मूल्य बराबरमा बिक्रीवितरण गर्न बाध्य भएको बताउनुभयो । स्थानिय प्रशासनले कालोबजारी गरेको पाइएमा कारवाही गर्ने बताएको छ । पसलहरु बिहान र साँझमा खुल्ने गरेकाले उपभोक्ताले मूल्यभन्दा बढी खरीदमा बढी जोड दिने गरेको प्रा भरत महाजनले भन्नुभयो । यस्तै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज तेस्रो दिन पनि सुनसान देखिएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत समेत गराइएको छ । स्थानीय प्रशासनले हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष निर्माण गरी अस्पतालमा उपचारका लागि व्यवस्थासमेत गरेको छ । त्यस्तै हेटाँैडामा रहेका उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video