प्रमुख समाचार
Mar 26, 2020
क्वारेन्टाइनमा रहनेलाई खाद्यान्न सहयोग गराउने
भद्रपुर, चैत १३ कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम कम गर्न सञ्चालनमा ल्याइने निगरानी ( क्वारेन्टाइन)मा रहनेलाई सहारा नेपाल झापाले रु. २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिनभयो । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने सो भाइरसका शंकास्पदको लागि चामल, दाल, तरकारीलगायत खाद्यवस्तु जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video