प्रमुख समाचार
Mar 26, 2020
पूर्वमन्त्री बस्नेतको पहलमा चिकित्सा सामग्री वितरण
मेलम्ची,  चैत १३ सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा ती सामग्री वितरण गरिएको हो । नेता बस्तेतको पहलमा बाह्रबीसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे र क्षमादेवी स्वास्थ्यचौकीमा स्यानिटाइजर, साबुन, मास्क, पञ्जा, एप्रोनलगायत सामग्री वितरण गरिएको छ ।
 नेता बस्नेतले आफैँले उक्त सामग्री प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेका चिकित्सक सिर्जना महर्जनलाई हस्तान्तरण गर्नुभएको  थियो । स्वास्थ्य सामग्रीका अभावमा स्वास्थ्यकर्मीलाई काम गर्न असुविधा भएपछि सबैको सहयोगमा विभिन्न चिकित्सा सामग्री वितरण गरिएको पूर्वमन्त्री बस्नेतले जानकारी दिनुभयो । नेता बस्नेतले सकेको सहयोग गर्न सबैलाई आह्वानसमेत गर्नुभयो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video