प्रमुख समाचार
Mar 25, 2020
प्रतिनिधिसभाको अर्काे बैठक चैत २३ गते
काठमाडौँ, चैत १२ । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्काे बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ । ––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video