प्रमुख समाचार
Mar 25, 2020
पुनः एकजनामा कोभिड–१९ पोजिटिभ
काठमाडौँ, चैत १२ कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उहाँले ती व्यक्तिको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताउनुभयो । योसँगै नेपालमा तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवातीलाई पोजिटिभ देखिएको थियो भने एकजना पोजिटिभका बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कअनुसार ६८७ मा कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video