प्रमुख समाचार
Mar 25, 2020
एक जनालाई आइसोलेशनमा, १० जना होम क्वारेन्टाइनमा
सिन्धुली,  चैत १२ सिन्धुली अस्पतालमा आज थप एक जनालाई कोरोनाको आशङ्कामा आइसोलेशन वार्डमा राखेर उपचार शुरु गरिएको छ । अरु १० जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नं २ का १९ वर्षीय एक युवकलाई आइसोलेशनमा भर्ना गरिएको हो । भारत सिलगुढीबाट सोमबार घरमा आएका उनलाई खोकी लागेपछि आइसोलेशनमा भर्ना गरिएको हो । उनलाई सिलगुढीमै ज्वरो आएको र सिन्धुली फर्केपछि खोकी लागेकाले सिन्धुली अस्पतालमा आएका थिए । उनको स्वास्थ्यवस्था सामान्य भएको अस्पतालका डा प्रसन्न राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार युवकको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँस्थित टेकु अस्पताल पठाइएको छ । यस्तै भारतमा रोजगारीमा गएर फर्केका १० युवालाई आज होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सिन्धुलीका स्थानीय बासिन्दाले घरमा बस्न नदिएपछि सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका थिए । उनीहरुले क्वारेन्टाइनमा बस्न रुचि देखाएपछि अस्पतालले होम क्वारेन्टाइनमा राख्न सिफारिस गरेको डा राजभण्डारीले बताउनुभयोे । अस्पतालमा गत बुधबार ज्वरो अत्यधिक आएपछि अस्पताल ल्याइएका कमलामाई नगरपालिका वडा नं ७ का ८१ वर्षीयलाई अस्पतालको आइसोलेशन वार्डमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जनाएको छ । उहाँको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ देखिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video