प्रमुख समाचार
Mar 23, 2020
देशैभर ७ दिन लक डाउन, घरबाहिर निस्कन निषेध, के के हुन्छ लक डाउनमा ?
काठमाण्डौं । चैत्र १० । सरकारले भोली चैत्र ११ गते देखि एक साताको लागि देशभर लक डाउन गरेको छ । सफ्ट कर्फयु जस्तै लकडाउन भोली बिहान ६ बजे देखि १८ गते सम्म गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएपछि सरकारले उक्त निर्णय गरिएको हो । 
लक डाउनको समयमा इमरजेन्सी बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरिने छ । लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्। यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन् । लकडाउनका क्रममा अनुमति लिएका मानिस र  सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएको छ ।
भोलिबाटै सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रहरी परिचालन गरेर टोलटोलमा माइकिङ गर्ने तयारी पनि सरकारले गरेको छ । ‘सेमी लकडाउन’को अवस्थामा पनि मानिसहरु सडकमा निस्केर भिड गर्ने क्रम रोकिएन’, समितिका एक सदस्यले भने, ‘त्यसैले सुरक्षाकर्मी नै परिचालन गरेर कडाइका साथ मानिसलाई सडकमा निस्कन नदिने गरी कदम चालिँदैछ।’
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वको उच्चस्तरिय कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले चैत्र ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ । जस्मा अत्याबश्यक काममा बाहेक कोही पनि बाहिर निस्कन सक्दैन ।

निर्णयहरु
१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video