प्रमुख समाचार
Mar 23, 2020
कोभिड–१९ ले समाजमा नयाँ अध्याय शुरु गरेको छ : सांसद सिलवाल
ललितपुर, चैत १० प्रतिनिधिसभा सदस्य नवराज सिलवालले कोभिड–१९ नामक सूक्ष्मजीव ‘भाइरस’ले समाजमा नयाँ खालको अध्याय शुरु गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उहाँले हरेक नेपालीलाई केही समय जमघट, भोजभतेर, पार्टीलगायत काम रोक्न पनि अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “तपार्इंहरु हरेक व्यक्तिले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावको पालना गरी मुलुकलाई कोरोनाको त्रासबाट जोगाउनुपर्ने दायित्व अब सिर्जना भएको छ । हरेक व्यक्तिले दैनिक पटकपटक साबुपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसाउनुहोस् । नेपाली सभ्यातको पालना गरी कोरोनाको जोखिम रहेसम्म हात मिलाउने काम ठ्याक्कै रोक्नुहोस् ।” मुलुकलाई यस सङ्क्रमणबाट जोगाउन सामाजिक व्यवहार र दूरीमा रहेर अघि बढ्न सिक्नुपर्ने हरेक नेपालीको कर्तव्य बनेको सांसद सिलवालको भनाइ छ । मुलुकका हरेक मानिसले रोगसँग लड्न सक्ने क्षमता बढाउन कागती जातका फलफूल ९सिट्रस फुड० लगायत बदाम, दही आदि खानेकुरा सेवन गर्नुपर्ने सिलवालले सुझाव दिनुभएको छ । सङ्क्रमित देशबाट नेपाल फर्केका हरेक नेपालीलाई केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नसमेत सिलवालले अपिल गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video