समाज
Mar 23, 2020
एम्बुलेन्सले सेवा नदिएपछि नुवाकोटमा चट्याङ लागेर घाइते महिलालाई आइचरमा काठमाण्डौं लगियो
नुवाकोट चैत्र १० । एम्बुलेन्सको काम बिरामी बोक्ने हो । त्यो दिनमा होस या रातमा । चौविसै घण्टा सेवा दिनु एम्बुलेन्सको काम पनि हो । तर गएराती चट्याङलागेर घाइते भएकी नुवाकोटकी एक महिलालाई अस्पताल लैजानको लागि दुईवटा एम्बुलेन्सले एमरजेन्सी सेवा दिन सकेनन् । चट्याङलागेर घाइते भएकी
 नुवाकोटको शिवपुरी गाँउपालीका आठ की कालिमाया मिजार लाई एम्बुलेन्सले सेवा दिन नसकेपछि आइचरबाट उपचारको लागि काठमाण्डौं लगिएको छ ।  आइतबार राति खाना खाइरहेको अवस्थामा चट्याङ लागि वेहोस भएकी उनलाई काठमाडौं लैजान नुवाकोटमा सञ्चालीत एम्बुलेन्सलाई पटक पटक खबर गर्दा समेत एम्बुलेन्स चालकले फोन समेत उठाएनन् । 
वारम्वार फोन गरि एम्बुलेन्सलाई खवर गर्दा भद्रुटार तथा छहरेको एम्बुलेन्सले फोन रिसिवि नगरेपछि आइसर गाडीमा विरामीलाई काठमाडौं लगिएको वुझिएको छ । अहिले घाइतेको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको परिवार ले वताएका छन । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video