नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख  |  स्वास्थ्यकर्मीलाई थप सुविधा  |  जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा
समाज
Mar 20, 2020
जीपी कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण
काठमाडौँ,  चैत ७ नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज नयाँ बानेश्वर चोकमा दुई हजार ५०० माक्स र ५० स्यानेटाइजर वितरण गरेको हो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसङ्घले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । “कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसङ्घ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ”, उहाँले भन्नुभयो । नेविसङ्घका अर्का महामन्त्री युवराज पाण्डेले कोरोनालाई देखाएर बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्न नहुने बताउनुभयो । “दुःखको बेला हातेमालो गरेर अगाडि बढ्नुपर्छ, कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेविसङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष इञ्जिनीयर दीपेन्द्र क्षेत्रीले बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएका बेलामा थोरै भए पनि रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले माक्स वितरण समारोह आयोजना गरिएको बताउनुभयो । नेविसङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवसका अवसरमा आज साँझ २५ जनाभन्दा धेरै मानिस जम्मा नभई देशभरका जिल्ला तथथा क्याम्पस समितिलाई दिप प्रज्वलन गर्न निर्देशन दिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video