भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या  |  नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख  |  स्वास्थ्यकर्मीलाई थप सुविधा  |  जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान
समाज
Mar 16, 2020
विद्युत महसुल निर्धारणका लागि आयोगले आधुनिक प्रविधि द्वारासार्वजनिक सुनुवाई गर्ने
काठमाडौं,चैत ३ – नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगमा पेश गरेको उपभोक्ता महसुल निर्धारण सम्वन्धि प्रस्तावमा यहि चैत्र १४,१६ र १७ गते ,सार्वजनिक सुनुवाई को आयोजना गर्न लागेको विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले जानकारी दिनु भएकोछ । बिहान १० बजे देखि साझ ५ बजे सम्म, डाइनिङ पार्क रेष्टुरेन्ट,मध्य बानेश्वर , पिपलबोट, काठमाडौंमा हुने सुनुवाईमा सम्पुर्ण ग्राहक ,विषय विज्ञ,उपभोक्ता हित संरक्षण सम्बन्धी संस्था, जन–प्रतिनिधि,सञ्चारमाध्याम तथा सारोकार वालाहरुलाई भागलिन अनुरोध समेत गरेका छन् ।
विश्वव्यापी त्राश फैलाएको कोरोना भाइरस (काभिड–१९)का कारण नेपाल सरकारले ठुलो भेला र सभा आयोजना नगर्न अनुरोध गरेको हुदाँ सरोकारवालाहरुले आफ्ना विचार तथा सुझावहरु आधुनिक सूचना प्रविधि समेतको प्रयोग गरी प्रदान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ । 
विद्युत उत्पादन प्रसारण वितरण र व्यापारलाई सरल, नियमित, व्यवस्थित र पारदर्शी बनाएर विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्न, विद्युत महशुल निर्धारण गर्न, तथा विद्युत उपभोक्ताको हकहित संरक्षण गर्न,विद्युतको बजारलाई प्रतिस्पर्धात्मक बनाउन र विद्युत सेवालाई भरपर्दो,सर्वसुलभ, गुणस्तरयुक्त र सुरक्षित बनाउन विद्युत नियमन आयोग ऐन२०७४ अन्तर्गत यस आयोगको स्थापना भएको हो ।
विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त र सुरक्षित बनाउन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको नेतृत्वले सफल्ता हात पारीसकेको छ ।
हालसम्म हरेक हप्ता २ पटक आयोगको बैठक बस्ने, खुला र निर्भिक रूपले बहसरछलफल गरी सदस्यहरू र आमन्त्रित विज्ञहरू समेत भई कुनै पनि कुराको अन्तिम टुङ्गोमा पुग्ने परिपाटी आयोगमा रहेको छ । आयोगले नियमनको कार्य मात्र गर्ने नभई आवश्यक परेको खण्डमा विद्युत क्षेत्रको प्रवर्द्धनको लागि सहजिकरणको कार्य समेत गर्दै आएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video