लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित  |  सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन  |  टोखा नगरपालिकाद्वारा राहत सङ्कलन मापदण्ड तयार  |  ‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
समाज
Mar 14, 2020
उपभोक्ता सहभागितामा आधारित पूर्वाधारमा सरकारी सहयोग हुने
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीय उपभोक्ताको सहभागितामा आधारित पूर्वाधार निर्माणका गतिविधीमा सरकारले सक्दो सहयोग गर्दै जाने बताएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका–४ र ५ स्थित जनजागृति टोल सुधार समितिको सक्रियतामा सम्पन्न भएको जनजागृति टोलको भित्री सडक ढलान निर्माण कार्यको स्थलगत अवलोकन भ्रमण गर्दै मन्त्री मानन्धरले यस्तो बताएका हुन् । 
उनले स्थानीय उपभोक्ता समितिको सक्रियतामा सम्पन्न भएको यस टोलको भित्री सडक ढलान एवं पूर्वाधार निर्माणको काम निकै उदारहणीय र प्रशंसनीय भएको भन्दै आफुले अझै यस्ता काममा थप सहयोग गर्दै जाने प्रतिवद्धता जनाए । उनले स्थानीय उपभोक्ताको सक्रिता र चाहना अनुरुप अघि बढेका यस्ता विकासका काममा कुनै बाधा अवरोध नभई छिटै निर्माण सम्पन्न भएको पाईएकाले अहिले सरकारले विभिन्न क्षेत्रमा रहेका पूर्वाधार निर्माणका काम गर्न स्थानीय उपभोक्तासँगको साझेदारी बढाउँदै गइरहेको बताए । अहिलेसम्म यस नगरपालिकाको अधिकाँश ठाउँमा यस्ता कामले तिब्रता पाइरहेको जानकारी गराउँदै उनले अझै बाँकी रहेका स्थानमा पनि विस्तारै सडक ढलान लगायत विभिन्न पूर्वाधार निर्माणका कामलाई अघि बढाउँदै जाने सरकारको लक्ष्य रहेको बताए ।  उनले अब बाँकी रहेका अन्य ठाउँको पनि आवस्यक कार्ययोजना बनाएर योजना माग्न स्थानीयवासीलाई  आवहान गरेका थिए ।  उनले अझै यस टोलका विकासमा आफुले सक्दो सहयोग गरिदिने प्रतिवद्धता जनाए । तारकेश्वर नगरपालिका ४ र ५ वडाको यस टोलभित्रको भित्री सडक ढलान निर्माण सम्पन्न गर्न चालु आर्थिक वर्ष २०७६÷०७७ मा स्थानीय पूर्वाधार विकास कार्यक्रम ९संघिय संसद् विकास कोष० शिर्शकबाट २५ लाख रुपैयाँ विनियोयोजन भएको थियो । सो सडक निर्माण सम्पन्न गर्न स्थानीय जनसहभागीता सहित  २९ लाख ७७ हजार ३४१ रुपैयाँ कुल लागत इटमेट भई काम अगाडी बढेको थियो ।  
निर्माण सम्पन्न भएको सडक ढलान अवलोकनको क्रममा जनजागृति टोल सुधार समितिका अध्यक्ष तोकबहादुर तामाङ, सचिव राजकुमार प्रधान, सह सचिव पुष्पा गुरुङ, कार्यसमिति सदस्य दिलबहादुर गुरुङ, रत्नकुमारी गुरुङ लगायतले यस टोलमा हालसम्म भएका विविध गतिविधीहरुका बारेमा जानकारी गराएका थिए । 
यसैगरि, मन्त्री मानन्धरले मुलुकको संघीय राजधानी काठमाडांैमा देखिएको उच्च मानवचाप व्यवस्थापनसँगै बैकल्पिक सहरको अभियानमा जुटेको सरकारले अब काठमाडांै उपत्यका जस्तै काठमाडौ उपत्यका विभिन्न जिल्लाहरुमा नयाँ सहर निर्माण गर्दै जाने तयारी गरेको पनि जानकारी गराए । राजधानी भन्दा बाहिर बैकल्पीक शहर निर्माणकालागि अहिले सरकारले विशेषगरी, संघीय राजधानी काठमाडांै उपत्यकासँग जोडिएका नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लाका विभिन्न स्थानलाई नयाँ सहर विस्तार गर्ने तयारी गरेको बताए । 
अब विस्तार हुने सहरमा जुन सुविधा पर्याप्त छ सोहीअनुरूप त्यो सहरको वर्गीकरण हुने जानकारी गराउँदै उनले काठमाडांै, पोखरा, लुम्बिनी, नुवाकोटको त्रिशुली र हेटौंडा लगायतका सहरलाई भव्य सांस्कृतिक सहरका रूपमा विस्तार गरी विश्वभरका मानिसको आकर्षणको केन्द्र पर्यटकीय हवको रूपमा विकास गरिने बताए । उनले काठमाडांै लगायत देशका अधिकांश भागमा रहेका सहरलाई थप व्यवस्थित बनाउन सहरकारले अहिने सम्म धेरै काम गरेको दाबी गरे । उनले काठमाडांै उपत्यकाभित्रको बाग्मती, धोबीखोला करिडोरलाई थप व्यवस्थित बनाउन सरकार लागिरहेको बताए । बाग्मती, विष्णुमती र धोबीखोला करिडोरको काम मात्र व्यवस्थापन गर्न सकिए अहिलेको काठमाडौं सहर निकै व्यवस्थित हुने उनको भनाइ छ ।
अहिले हामीले परिकल्पना गरेजस्तो व्यवस्थित र सबै सुविधा सम्पन्न सहर बनाउन सरकारले धेरै ऐनकानुन निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अघि बढाउन नसकेको भन्दै उनले ऐतिहासिक र सांस्कृतिक महत्वको धनी काठमाडौं उपत्यकामा जतिसक्दो धेरै पर्यटक भित्राएर मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउन यस जनजागृति टोल सुधार समिति जस्ता सबै संस्थाको आपसी सहकार्य हुनुपर्ने बताए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video