जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
समाज
Mar 13, 2020
गलैँचा निर्यात हुन छाडेपछि गुजारा चलाउँनै मुस्किल
मेलम्ची, फागुन ३० करिब २० वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैँचा र गार्मेन्ट थिए । तर अहिले गलैँचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ । अन्तरराष्ट्रिय बजारमा गलैँचा निर्यात हुन छाडेपछि सिन्धुपाल्चोकमा गलैँचा बुनेर जीवन गुजारा गर्नेलाई अप्ठ्यारो परेको छ । घरमै बसेर बुन्न र आम्दानी गर्न सकिने भए पनि बजार नभएकै कारण गलैँचा उद्योग धरासयी बन्न थालेको छ । सोही कारण पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका हीरा तामाङलाई घर खर्च कसरी चलाउने भन्ने चिन्ता छ । गलैँचाको अत्यधिक माग हुने चीनमा कोरोना भाइरस सङ्क्रमणका कारण गलैँचा निर्यात ठप्प छ । त्यसैले गलैँचा उद्योगमै निर्भर २०० भन्दा बढी परिवार आर्थिक समस्यामा परेका छन् । गलैँचा बुनेर स्वरोजगार भएका बढीजसो महिला छन् । उनीहरू खेतबारीको कामसँगै साँझ–बिहान गलैँचा बुन्छन् । महिलाका लागि गतिलो आम्दानीको स्रोत बनेको गलैँचा उत्पादन र निर्यात ठप्पजस्तै बनेपछि मासिक रु २० हजारसम्म कमाउने स्थानीय सुकुमाया तामाङलाई गुजारा चलाउनै मुस्किल परेको छ । जिल्लाको हिमाली भेगका धेरैजसो स्थानमा गलैँचा बुन्नेहरू भेटिन्छन् । आजभोलि गाउँघरमा रहेका साना उद्योगले पनि आत्मनिर्भर बन्नमा सहयोग गरिरहेका छन् । गलैँचा निर्यात नहुँदा यसअघि पाउँदै आएको पारिश्रमिक पनि घटेको अर्का स्थानीयवासी कर्मु लामाले गुनासो गर्नुभयो । स्थानीय सरकारले साना उद्योगलाई प्रोत्साहन गर्दै उत्पादन भएका गलैँचालाई स्वदेशमै बिक्री गर्ने वातावरण बनाउन सके आफूहरूलाई सजिलो हुने उद्यमी बताउँछन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video