जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
समाज
Mar 08, 2020
महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध जागरणमा जोड
काठमाडौँ, फागुन  २५ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना प्रकट गर्नुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपाली काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ विश्वास मैले लिएको छु”, सन्देशमा उहाँले भन्नुभएको छ । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको स्मरण गर्दै उहाँले उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि महिलाहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास सभापति देउवाले व्यक्त गर्नुभएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video