लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित  |  सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन  |  टोखा नगरपालिकाद्वारा राहत सङ्कलन मापदण्ड तयार  |  ‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
समाज
Mar 08, 2020
महामुर्ख सम्मेलनमा अबिरको सट्टा फुल प्रयोग हुने
जनकपुरधाम, फागुन २५ मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलन सो भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फुल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने जानकारी दिइयो । सो परिषद्का अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि चर्चापरिचर्चा र होली गीत गायनमा उत्कृष्टलाई पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको बताउनुभयो । त्यस्तै सोमबार होली गीत गायन, मिनापको हास्य शैलीमा व्यङ्ग्य शैलीमा नाटक प्रस्तुति, हाँस्य कविगोष्ठी, मुर्ख र महामुर्खको उपाधि वितरण गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायसहित होली पर्व मनाउने उहाँले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video