जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
समाज
Mar 07, 2020
रामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा
रामपुर, फागुन २४ रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चनुभएको छ । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताउनुभयो । “आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हँु”, नगर प्रमुख थापाले भन्नुभयो । जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गर्नुभएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video