समाज
Mar 06, 2020
जलवायुमैत्री विकासका लागि एकीकृत प्रयास आवश्यक छ : मन्त्री राय
जनकपुरधाम,फागुन  २३ प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले जलवायु परिवर्तनका मुद्दालाई तीन तहका सरकारले एकीकृत कार्यक्रम तयार गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले देशलाई जलवायुमैत्री विकासतर्फ अगाडि बढाउन तीनै तहका सरकार एकतावद्ध हुनुपर्ने बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित नेपालको परिष्कृत राष्ट्रिय निर्धारित तयारी प्रक्रिया विषयक प्रदेश नं २ स्तरीय परामर्श गोष्ठीमा मन्त्री रायले जलवायु परिवर्तनका असरको जोखिम न्यूनीकरण गर्दै समाजको उत्थानमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले ‘प्रदेश नं २ मा खडेरी, बाढी, डुबान कटान, हावाहुरीजस्ता जलवायुजन्य प्रकोपका कारण ठूलो मात्रामा हरेक वर्ष धनजनको क्षति भइरहेकाले जोखिम न्यूनीकरण सन्दर्भमा सरकार संवेदनशील रहेको छ’ भन्नुभयो । जलवायु परिवर्तनका नकारात्मक असर वन तथा जैविक विविधता, ऊर्जा, मानव स्वास्थ्य, पर्यटन, बसोबास, पूर्वाधार विकासलगायत जीविकोपार्जनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्षतः महसुस गरिएको उल्लेख गर्दै उहाँले प्रदेश नं २ को जलवायुसँग नीति, योजना बनाउँदा प्रदेशको धरातलीय अवस्थाको सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । निजगढमा विमानस्थलको निर्माणप्रति प्रदेश सरकार सकारात्मक भए पनि सङ्घीय सरकारद्वारा सो नाममा उक्त स्थलमा शहर निर्माण गर्ने योजना बनाउनु गलत भएको मन्त्री रायले भनाइ छ । उहाँले ‘विभिन्न बहानामा प्रदेश सरकारलाई क्षति पु¥याउने सङ्घीय सरकारको गतिविधिप्रति प्रदेश सरकारको असहमति रहेको छ’ भन्नुभयो । राज्यमन्त्री सुरेशकुमार मण्डलले गरिबी, अशिक्षा, सामाजिक असमानताका साथै समुदायको जीविकोपार्जन प्राकृतिक स्रोतमा बढी निर्भर रहेका कारण यसका असरहप्रति बढी संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो । नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले गन्तव्यमा पुग्न आत्मनिरीक्षण गर्नु अपरिहार्य रहेको चर्चा गर्दै जलवायु परिवर्तनका सकारात्मक र नकारात्मक पक्षलाई मूल्याङ्कन गरी चुरे भावर सिवालिग क्षेत्रमा पररिरहेको प्रभावबारे गहन अध्ययन गरी नीति निर्माण गर्दै प्रभावकारी कार्यान्वयनमा ध्यान जानु आवश्यक रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका भूसंरक्षण अधिकृत बेचनकुमार महतोले प्रदेश नं २ मा सप्तरीदेखि पर्सा जिल्लासम्म बाढी, डुबान, कटान, खडेरीलगायतका समस्या जटिल रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा वन तथा वातावरण मन्त्रालयका उपसचिव रेवतीप्रसाद सापकोटा, राजु सापकोटा र मनजित ढकालले प्रदेश नं २ को जलवायु परिवर्तनका प्राथमिकता, आधारभूत तयारी र विकासका लक्ष्यबारे प्रकाश पार्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video