समाज
Mar 06, 2020
कोभिड–१९ः सङ्क्रमणबारे चेतना अभिवृद्धि गर्न निर्देशन
मध्यपुरथिमि, फागुन २३ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा रहेका स्कूलका सहचालकलाई विद्यालयहरुका विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमणका बारेमा जानकारी दिने गरी जनचेतना अभिवृद्धि गर्न निर्देशन दिनुभएको छ । नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकार पक्ष तथा प्रधानाध्यापकबीच छलफल गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रममा मेधा माविका प्रअ गङ्गाधर हाडाले कोभिड–१९ को त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवश परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । इसान भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोरोनाको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने बताउनुभयो । एनप्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांँले विद्यार्थी र अभिभावकमा कोरोनाको त्रास धेरै देखिएकाले विद्यालयमा मनोसामाजिक परामर्शको खाँचो औँल्याउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video