लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित  |  सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन  |  टोखा नगरपालिकाद्वारा राहत सङ्कलन मापदण्ड तयार  |  ‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
समाज
Mar 02, 2020
घरबहाल महासंघको सचिबमा नुवाकोटका पाठक सर्वसम्मत चयन, ३१ सदस्यीय कार्यसमितिमा को को चयन भए ?
काठमाण्डौं । फागुन १९ । घरबहाल महासंघको केन्द्रीय कार्यसमितिको सचिबमा नुवाकोटको शिवपुरी ८ थानापतिका हरिशरण पाठक सर्वसम्मत चयन भएका छन् । 
नुवाकोट घर भई काठमाण्डौंको तारकेश्वर नगरपालीका ९ बासुकीनाग टोलमा बसोबास गदै आएका पाठक तारकेश्वरकै नमुना टोलसुधार समिति बासुकी नाग टोल सुधार समितिका अध्यक्ष समेत हुन् । बुटवलमा आज सम्पन्न अधिवेशनले आगामी ३ बर्षका लागि बलभद्र खनालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
महासंघको बरिष्ठ उपाध्यक्षमा नवराज न्यौपाने, महिला उपाध्यक्षमा पवित्रा रेग्मी, प्रादेशिक उपाध्यक्षहरुमा हरिप्रसाद रेग्मी, बालहरी अधिकारी, यामनाथ पौडेल, भिमप्रकाश खड्का, बिष्णु प्रसाद कंडेल, केदारनाथ तिमिल्सिना, सिताराम खतिवडा भयन भएका छन । त्यसैगरी महासचिवमा श्रीराम गिरी, सचिवमा राजुप्रसाद लिगल र हरिप्रसाद पाठक, कोषाध्यक्षमा मन्जुकुमारी पोखरेल, सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा गोपाल पौडेल, पाण्डव ढकाल, शिव प्रसाद पोखरेल, चेतनाथ सापकोटा, खिमानन्द पौडेल, प्रभात ढुंगाना, बिनोद कुमार निरौला, समिरलाल डंगोल, प्रकाश बम्जन र कन्चनमाला राजभण्डारी लगाएत निर्विरोध रुपमा चयन भएको निर्वाचन समितिका संयोजक ईमान्दु बरालले जानकारी दिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video