लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित  |  सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन  |  टोखा नगरपालिकाद्वारा राहत सङ्कलन मापदण्ड तयार  |  ‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
समाज
Mar 02, 2020
बडिगाडको टुनिबोटमा पहिलो पटक बस पुग्यो,स्थानीयबासी खुशीयाली
कौरव खत्री

गुल्मी , फागुन 
१९ । बागलुङको बडिगाड गाउँपालिका वडा.न.७ टुनिवोटमा पहिलो पटक बस पुगेपछि स्थानीयबासीहरु खुशी भएका छन् ।आइतवार बसको उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले यस क्षेत्रका स्थानयबासीहरुलाई विभिन्न स्थानमा यातायात मार्फत आवत जावतमा सहयोग पुग्ने बताए ।
साथै  अध्यक्ष गुरुङ्गले यातायातको विकासले यस ठाउँमा थप इटा थपेको भन्दै बस उद्घाटनले मात्र नहुने हुदा निरन्तर बस सेवा सञ्चालन गर्न सबैले साथ र सहयोग आवाश्यक हुनु पर्ने बताए । सोही अवसरमा जनक आधारभूत विद्यालयका अध्यक्ष दुर्गाराज पाईजा, गाडी सह–चालक हरि पोखरेल लगायतले  शुभकामना मन्तव्य राखेका थिए । बस उद्घाटनमा जनप्रतिनिधि,पश्चिम नेपाल बस व्यवसायी समिति प्रालिका कर्मचारी,धौलागीरी बस व्यवसायी समितिका कर्मचारी,युरो डिलक्स बस समितिका कर्मचारी,बस मालिक, बस चालक, सह–चालक, लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
बस उद्घाटनमा गाडी चालक र सह–चालकलाई पैसाको मालाले सम्मान गर्दै  गरिएको थियो । बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि बुटवल सम्मका लागि निरन्तर बस सेवा सुचारु गर्न पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी बुद्ध रायमाझीले बिल र चलानी किताव टिकट काउन्टरका चन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेका थिए । साथै अव केही समयपछि बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि  काठमाडौंको लागि पहल भइरहेको छ । अव बुटवललाई दिवा सेवाको लागि बिहान ७ः०० बजे र रात्री सेवाको लागि दिउँसो ३ः०० बजे गाडी छुट्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा बाजागाजा सहित भव्य बस उद्घाटन गरिएको थियो ।
कार्यक्रम समाजसेवी एवं ज्येष्ठ सदस्य पञ्चवीर पाईजाको अध्यक्षता तथा  बडिगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्गको प्रमुख आतिथ्यता र समाजसेवी मन प्रसाद घर्तिको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन द न्यु डिभाईस क्लबका अध्यक्ष दिल गुरुङ्गले गरेका थिए ।






प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video