जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
समाज
Mar 01, 2020
वडा कार्यालयकै मिलेमतोमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा
नेपालगन्ज, १८ फागुन । नेपालगन्ज उप–महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ । वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ को मिलोमतोमा सार्वजनिक जग्गा भारतियलाई भोकचलनकालागी दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । बारम्बार वडा कार्यालयले मनोमानी ढंगबाट सार्वजनिक जग्गा अरुलाई भोगचलनको लागि दिने गरेको स्थानीयको आरोप छ ।सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाएपछि स्थानीयले वडालाई जानकारी गराउँदा उल्टै धम्की खेप्नु गरेको उनिहरुको गुनासो छ । सार्वजनिक जग्गामा करिव १ महिना अगाडीदेखि भारतियले घरनिर्माण गर्दा पनि स्थानिय सरकार मौन रहेको उनिहरुको भनाई छ ।
वडा नम्बर १४ का तीन वटा स्थानमा सार्वजनिक जग्गा कव्जा भएका छन् । वडा कार्यालय अगाडी रहेको सभागृह नजिकै १० धुर जग्गा भारतीय नागरिकले वडा वडाकै सहमतिमा भोगचलन गर्न दिएपछि स्थानिय विरोधमा उत्रेका हुन् ।
यता वडा नं. १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले भने वडाको सिफारिसमा चियानास्ता पसल संचालन गर्न दिएको बताउनु हुन्छ । वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको स्विकार गर्दै वडा अध्यक्ष मिश्राले घर बनाउँने व्यक्ती नेपाली नागरिक भएको दावी गर्नुभयो ।नेपालगन्जमा सार्वजनिक जग्गा मिचिने घटना यो नयाँ होइन । २० बर्ष जनप्रतिनिधि नभएको मौका छोपी नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मिचिएका छन् । तर पछिल्लो समय स्थानीय जन प्रतिनिधी निर्वाचित भएर आए पनि सुनवाइ हुन सकेको छैन ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video