राजनीति
Feb 29, 2020
नुवाकोटमा नेकपा प्रवेश गर्नेनै नभएपछि पुर्व प्रधानमन्त्री खनालले तिन जनालाई पार्टी प्रवेश गराएर र्फकिए
काठमाण्डौं । फागुन १७ । पुर्व प्रधानमन्त्री झलनाथ खनाल सहित नुवाकोट पुगेको नेकपाका नेताहरुको जम्बो टोलीले नुवाकोटमा तिन जनालाई नेकपा प्रवेश गराएको छ ।
पार्टी प्रवेश गराउने पुर्व निर्धारीत कार्यक्रम अनुसार जिल्ला पुगेका पुर्व प्रधानमन्त्री खनाल सहित नुवाकोटका संघिय संसद नारायणप्रसाद खतिवडा, काठमाण्डौं महानगरपालीकाका प्रमुख विद्यासुन्दर शाक्य, नुवाकोटका प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, टोखा नगरपालीकाका मेयर प्रकाश कुमार अधिकारी सहितको नेताहरुको टोली नुवाकोट पुगेका थिए । नेताहरुको जम्बो टोलीले नुवाकोट जिल्लाभरीबाट नेपाली काँग्रेसबाट एकजना, एकजना राप्रपा र एक जना स्वतन्त्र गरि तिन जनालाई नेकपामा प्रवेश गराएका हुन् । 
यसरी नेकपा प्रवेश गर्नेहरुमा बिदुर नगरपालीकाका वडा नं ४ का नेपाली काँग्रेसका नवराज महन्त गिरी, बिनपा ४ का दयाराम अधिकारी, बिदुर नगरपालीका २ का मनोज सिंह खडका रहेका छन् । नेकपा प्रवेश गरेका गिरी नेपाली काँग्रेसका साधारण सदस्य, अधिकारी हाल सम्म कुनै पनि पार्टीको सदस्यता नलिएका व्यक्ति तथा खडका गएको स्थानीय निकायको निर्वाचनमा बिदुर नगरपालीका २ बाट राप्रपाका वडा अध्यक्षका उम्मेद्धवार थिए । नेकपा प्रवेश गरेका तिनजनालाई प्रमुख अतिथि झलनाथ खनालले टिका लगाईदिएका थिए भने काठमाण्डौं महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्यले माला लगाएर स्वागत गरेका थिए । काँग्रेस र अन्य पार्टीबाट ठुलै समुह नेकपामा प्रवेश गराउने भनी नेतागणलाई बोलाईएपनि अन्तीम क्षणमा तिन जनाले मात्र पार्टी प्रवेश गरेका थिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video