समाज
Feb 29, 2020
अति विपन्न परिवारका लागि एकीकृत नमूना बस्ती निर्माण
झिमरुक, फागुन  १७ प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ । नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो । गाउँपालिकाले विपन्न परिवार बढी भएको गाउँलाई छनोट गरी बस्ती निर्माण गरेको हो । रु ५० लाख लगानीमा एकीकृत बस्ती निर्माण गरिएको हो । त्यस्तै गाउँपालिकाबाट रु ७६ लाखभन्दा बढी खर्च भएको र स्थानीयको समेत जनश्रमदान रहेको अध्यक्ष रिजालले जानकारी दिनुभयो । एउटा घर बराबर रु पाँच लाख खर्च भएको रिजाल बताउनुहुन्छ । अबको एक महिनाभित्रमा लक्षित समुदायलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरविन्द वर्माले बताउनुभयो । बस्तीमा दुई कोठे घरसँगै शौचालय पनि निर्माण गरिएको छ । गाबैमा निर्माण गरिएका घर पाउनेमा १५ दलित परिवार र एक जनजाति परिवार रहेका गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो । स्थानीय यमबहादुर विकले दिएको आठ रोपनी जग्गामा १६ घर निर्माण गरिएको हो । गाबैमा २२ विपन्न परिवार रहेका छन् । त्यसमध्ये १६ परिवारका लागि घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र अन्य घरसमेत चालू आर्थिक वर्षमा बनाउने योजनामा रहेको अध्यक्ष रिजालले बताउनुभयो । तल पहिरो माथि घर भई पहिराको उच्च जोखिममा रहेका दलितत परिवारका लागि नयाँ घर गाउँपालिकाले निर्माण गरिदिएपछि लक्षित परिवार खुशी भएका एकीकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष्य यमबहादुर थापाले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video