समाज
Feb 29, 2020
बासुकी योगसाधना केन्द्रले आयोजना गरेको १० दिने निशुल्क उपयोग शिक्षक तालिम सम्पन्न
काठमाण्डौं । फागुन १७ । काठमाण्डौंको तारकेश्वर नगरपालीका ९ स्थीत बासुकी योगसाधना केन्द्रको आयोजनामा १० दिने निशुल्क उपयोग शिक्षक तालीमको समापन भएको छ ।
फागुन ६ गते देखि तारकेश्वर ९ स्थीत लार्के सेकेन्डरी स्कुलमा आयोजना गरिएको उक्त तालीममा १५ देखि ७६ बर्ष उमेर समुहका ५० जना सहभागी भएका थिए । 
तालीम कार्यक्रमको समापन गदै तारकेश्वर नगरपालीका ९ का वडा सदस्य सानुकान्छा मर्हजनले योग साधनाका निम्ती वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पतञ्जली योग समिति नेपाल काठमाण्डौंका अध्यक्ष सुरेन्द्र रिमालले योग र स्वास्थ्य सम्बन्धी विशेष जानकारी र फाइदाको बारेमा प्रशिक्षण दिएका थिए ।
तालीममा सहना अधिकारी र रोसना सापकोटा प्रथम, स्नेहा थापामगर द्धितिय र ज्ञानु सेढाई तृतिय भएका थिए ।
पतञ्जली योग समिति नेपाल तारकेश्वर नगरका अध्यक्ष जेवि रसाईलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बासुकी योग साधना केन्द्रका प्रशिक्षक एवं संचालक कुमार श्रेष्ठ लगायतको उपस्थीति रहेको हाम्रा प्रतिनिधि रमेश पाण्डेले जानकारी दिए । कार्यक्रम सञ्चालन कुमार मान श्रेष्ठले गरेका थिए ।    
  
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video