समाज
Feb 29, 2020
शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्वः महान्यायाधिवक्ता खरेल
बनियानी,  फागुन १७।    झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । हिजो एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने बताउनुभयो । उहाँले नागरिकको शिक्षा र स्वास्थको व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको औँल्याउनुभयो । भवन निर्माणका लागि सांसद विकास कोषबाट प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिनुभयो । “आगामी वर्ष थप बजेट विनियोजन गरेर निर्माण कार्य सम्पन्न गर्छौं”, उहाँले भन्नुभयो । यो वर्ष भवनको पाँच कोठा असार मसान्तसम्ममा बनाइसक्ने जनाइएको छ । समाजसेवी होम पाण्डे, कृष्ण पाण्डे र हरि पाण्डेले बिर्तामोड–७ मा रु दुई करोड मूल्य बराबरको नौ कट्ठा जग्गा निःशुल्क दिएपछि सोही जग्गामा भवन निर्माण शुरु गरिएको हो । उहाँहरुले क्याम्पस सञ्चालनका लागि रु एक करोडको अक्षयकोषसमेत स्थापना गरिदिनुभएको छ । विसं २०७० सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन सङ्काय सञ्चालनमा पठनपाठन हुँदै आएको छ भने १२५ जना विद्यार्थी अध्ययनरत छन् । हाल भवन अभावका कारण क्याम्पसको पठनपाठन वडा नं ९ मा रहेको दुर्गा माविमा हुँदै आएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video