जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
समाज
Feb 29, 2020
किशोरीलाई आत्मरक्षा तालीम
नेपालगञ्ज, फागुन १७ महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो । तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत उहाँ जानकारी दिनुभयो । नेपालगञ्जमा भाटभटेनी नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औँ शाखाका रुपमा सञ्चालनमा आएको सो स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय, फर्निचरदेखि आवश्यक सम्पूर्ण सामग्री एउटै थलोमा पाइने जनाइएको छ । शुभारम्भको पहिलो दिन शुक्रबार खाद्यान्न र लत्ताकपडा सामानको खरिदमा १० प्रतिशत तथा विद्युतीय सामानमा २० प्रतिशतसम्म छुट दिनुका साथै निःशुल्क ढुवानी गरिने जनाइएको छ । यहाँको सो सञ्चालनमा भौतिक सम्पत्तिसहित करिब रु १५० करोड लगानी रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video