समाज
Feb 28, 2020
बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु
राजेन्द्र महतो लहान  फाल्गुन  १६गते ।पुर्व–पश्चिम राजमार्ग सडक खण्ड  अन्तर्गत सिरहको सिरहाको मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ चौक  स्थित पश्चिमबाट पुर्व तर्फ आउदै गरेको एक यात्रु बाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ।
र्पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना.७ ख.५७९ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कर्जन्हा नगरपालिका -६ बडहरा मिर्चैयाका राम प्रसाद सदाको छोरा २२ बर्शिय  पुजन सदाको मृत्यु भएको  प्रहरी ले बताएका छ्न।
ठक्करबाट घाइते भएका सदाको उपचारका क्रममा मिर्चैयाको मंगलम हस्पिटलमा मृत्यु भएको हो ।मृत्यक सदाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा   पठाइएको  प्रहरी ले  बताएका छन।दुर्घटना भएको बस  र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान  शुरु  गरिएको  ईलाका  प्रहरी  कार्यालय मिर्चैया ले बताएका  छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video