धर्म/संस्कृति
Feb 28, 2020
आज मिति २०७६ फागुन १६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन १६। विक्रम संवत २०७६ साल फाल्गुन १६ गते शुक्रबार तदनुसार २०२० फरवरि २८ तारिख फाल्गुन शुक्ल पक्ष पन्चमी तिथि भोलिविहान ५ । ५६ सम्म उप्रान्त षष्ठी तिथि अश्विनी नक्षत्र राति १ । २६ उप्रान्त भरुणि नक्षत्र शुक्ल योग विहान ९ । २७ उप्रान्त व्रह्म योग बव करण आनन्दादि योगमा बज्र योग चन्द्रमा मेष रासिमा चर बेला विहान ८ । २ सम्म आज चन्द्रमा पूर्वमा रहेकोले काम गर्दा पूर्व फर्केर गर्नु राम्रो यात्रा पूर्वको भएमा सिध्दै अन्य भयमा केहि पूर्व गयर गर्नु राम्रो विहानै उठेर पूर्व फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरुगरेमा सहजर सरल हुनेछ । अहिले समय अशुभ छ त्यसैले अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी यो मन्त्र पनी जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesउच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoभाग्य वलियो नहुने साथै सरिरमा आलस्यता बढ्ने काममा अवरोध आउने र नयाँ योजना सिर्जना गर्न नसकिने योग विस्वासमा गरेका कामले सफलताको मार्ग अवलम्वन नहोला रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दु:ख पाइनेछ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा होला। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioशत्रु वलिया नहुनाले काममा सफलता पाउन गारो नहोला मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु मिल्नेछन नयाँकामको अवसर मिल्ने छ रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबौध्दिकताको कमीले मनमा खिन्नता वढाउनेछ काममा अरुचिपनि वढ्नेछ पढाइमा अवरोध आउनेछ र सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफन्तहरु उचित सहयोगि नहुनाले परिवारले गलत कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछ फाइदा मात्र हेर्दा आलोचित भइनेछ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusजोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesवोलिको प्रभाव राम्रो नभयकोले जनसम्पर्क धेरै नगर्नुहोला अरुवाट आलोचना हुने भयकोले भेट घाटमा सकृय नहुनु राम्रो धन लाभ नहुने भएकोले आर्थिक उनन्नतिको कारोवार नगर्दा राम्रो बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video