धर्म/संस्कृति
Feb 27, 2020
भीमेश्वर मन्दिरमा क्षमा पूजा
दोलखा,  फागुन १४ गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । सो अवसरमा भीमेश्वर मन्दिरमा रुद्री पाठ समेत गरिएको थियो । भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने प्रचलन छ । पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखकामा पठाउने गरिन्छ । भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video