राजनीति
Feb 25, 2020
मुख्यमन्त्री भट्टद्वारा राष्ट्रपतिको भ्रमणबारे जानकारी
काठमाडौँ, फागुन १३ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई आज जानकारी दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गर्नुभएको थियो । मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच समसामयिक विषयमा पनि छलफल भएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video