पर्यटन /बिबिध समाचार
Feb 23, 2020
आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण
काठमाडौं, ११ फागुन । आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् ।
इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो । त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो । यु–१४ उमेरसमूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ । दोश्रो भएको श्रीलंका पनि छनोट भयो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video