पर्यटन /बिबिध समाचार
Feb 20, 2020
गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई
इनरुवा,  फागुन ८ यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै सो उपाधि हात पारेको हो । इनरुवा खेल मैदानमा टिमका लागि जीत दिलाउन बिन्दवासिनी फुटबल क्लबका खेलाडी सम्राटले निर्णायक गोल गरेका थिए । वीरगञ्ज युनाइटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मूलका खेलाडी सम्राटले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए । निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डिबक्समा झुक्याउँदै हेडिङमार्फत गोल गरेका थिए । प्रतियोगिताको उपाधिसँगै विराटनगरले शिल्डसहित नगद रु दुई लाख र उपविजेतामा सीमित बाराले नगद रु एक लाख प्राप्त गरेका थिए । विजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतमसहितले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video