मनाेरञ्जन/रोचक
Feb 17, 2020
एबी इन्टरनेशनलको नयाँ सिनेमा घोषणा
काठमाण्डौं । फागुन ५ ।  एबी इन्टरनेशनलले नयाँ सिनेमा घोषणा गरेको छ ।सत्य कथामा आधारित ‘वोर्न टू डान्स’ नामक चलचित्र निर्माण घोषणा गरेको छ। नेपाली सिनेमा क्षेत्रमा फरक प्रयोग र उत्कृष्ट सिनेमा बनाउने कम्पनीको रूपमा पर्चित एबी इन्टरनेशनल जस्ले बलिउड अभिनेत्री शनि लियोन लाई राखेर पासवर्ड  नामक चलचित्र निर्माण गरिसकेको छ साथै  इन्टरनेशनल कै बैनरमा अहिले हिन्दी चलचित्र लैला मन्जु पनि छायांकनको क्रममा रहेको छ ।
पुजा शर्मा,आकाश अधिकारी,सोनम तोपदेनको मुख्यमा निर्माण सम्पन्न भैसकेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ ५ गते रिलिजको तयारीमा रहेको छ।निर्माण घोषणा गरिएको चलचित्र ‘वोर्न टू डान्स’को निर्देशन अमन तामाङले गर्ने छन् भने अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । यो चलचित्र एबी इन्टरनेशनलको ड्रिम प्रोजेक्टको रुपमा रहेको र चलचित्रको लागि कलाकार छनौट कार्य जारी रहेको र छिटै टुंगो लाग्ने निर्माण कम्पनीले जनाएको छ। चलचित्रको छायांकन नेपाल बेलायत र अमेरिकामा गरिनेछ ।
चलचित्र लाई २०७७ मै रिलिज गरिने छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video