मनाेरञ्जन/रोचक
Feb 16, 2020
लक्षु प्रकाश मल्लले संगीतमा गरे विश्वमै नयाँ किर्तीमानी
दार्चुला,  फागुन ४ लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्  क्लबनेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।
‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपालीकलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ ।गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा। दलिप
कुमार मल्लको रहेको छ । मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिगपरिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराए ।गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकाश मल्ल वि।स।२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि
गीतमा स्वर÷शब्द÷संगीत भरिसकेका छन् ।
सो कार्यक्रमको सभापति समेत रहेका गीतकार साहित्यकार डा। दीलप त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँ किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गदेै संगीतबाट नेपाली कलाक्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् ।कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले संगीतले आगामी दिनमा नयाँ उचाई हासिल गर्ने बताएका छन् ।
कार्यंक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथिसमेतरहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए । स्टार म्युजिक सेन्टर प्रा।ली। को आयोजना रहेको सो कार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण गरे । मल्लले नेपाली सांगीतिक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउन सक्दो योगदान रहने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video