सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 09, 2020
“करणी उद्योग कार्यमा संलग्न हाम्रो फेलोसिप पुनस् स्थापनाका सुरक्षागार्ड पक्राउ”
काठमाडौँ,  माघ २६ जिल्ला काठमाण्डौं बुढानिनिलकण्ठ न.पा. वडा नं. ६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप  पुनस् स्थापना केन्द्रमा रहेका सुरक्षा गार्डले उपचारार्थ रहेका महिलालाई करणी उद्योग गर्ने गरेको भन्ने यस महाशाखामा गोप्य सूचना प्राप्त भए पश्चात आवश्यक अनुसन्धान एवं सोधपुछको लागी यस महानगरीय अपराध महाशाखाबाट मिति २०७६।१०।२४ गते उक्त स्थानमा प्रहरी टोली खटिगई  बुझ्दा उक्त केन्द्रमा उपचारार्थ रहेकी पिडित महिला नाम परिवर्तीत अपराध महाशाखा ९६० ले आफुलाई केन्द्रको सुरक्षागार्ड लगायत ब्यबस्थापन समेतको काम गर्ने जिल्ला नुवाकोट बेलकोटगढी न।पा।  वडा नं। १२  घर भएका बर्ष २५ को बिशाल भन्ने रमेश प्रसाद वाग्लेले  बिभिन्न बहाना बनाई, एकान्तमा बोलाई सम्झाउने बहानाले निजलाई अश्लिल हर्कत, संबेदनशिल अंगहरु समेतमा समाई पिडित बनाउदै आएको भनी बताएकोमा ऐ।ऐ। स्थान भएका बर्ष २५ को बिशाल भन्ने रमेश प्रसाद वाग्ले लाई नियन्त्रणमा लिई  करणी उद्योग गर्ने मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाही को लागी मिति २०७६।१०।२६ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको, अ.अ. जारी रहेको ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video