राजनीति
Feb 04, 2020
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
खस्यौली, माघ  २१ प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताउनुभएको छ । प्रदेश नं. ५ को स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ” मुख्यमन्त्री पोखरेलले सङ्घीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिुनभयो । उहाँले भन्नुभयो, “हामीले विकासको आकाङ्क्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं ।” प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार भएको बताउनुभयो । सङ्घीय समाजवादी पार्टीका सन्तोष पाण्डेले प्रदेशको विकासका लागि सबैको सुझाव र सहयोग आवश्यक भएको बताउनुभयो । प्रदेशसभाका ८६ सदस्यमध्ये अधिकांश अनुपस्थित रहेको सो कार्यक्रममा थारु संस्कृतिको झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रदेशसभाका पूर्वसचिव सुरेन्द्र अर्याल, डा मनबहादुर विक, प्रेम भट्टराईलगायतका कर्मचारीलाई सम्मान गरिएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video