राजनीति
Feb 01, 2020
वुहानका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध : देउवा
काठमाडौं, माघ १८ गते ।नेपाली काङ्ग्रेसका सभपति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले चिनको वुहान शहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोध सहित क्रोरोना संक्रमणबाट सर्तकताको लागि अपिल गरेका छन्  । 
प्राणघातक कोरोना भाइरसको प्रकोपले कयौको मृत्यु भईसकेको छ भने यसवाट हजारौं संक्रमित भएका छन् । कोरोनाका कारण जीवन गुमाएका सवै चिनियाँ नागरिकको परिवार र चिन सरकारप्रति नेपाली काँग्रेस का तर्फवाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागी चिन सरकारले गरिरहेको प्रभावकारी प्रयासको म हार्दिक प्रशंशा गर्दछु । अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपाल देशले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने  कर्तव्य बारे सजग गराउंदै सार्वजनिक  अपिल गर्नुभएको छ ।