पर्यटन /बिबिध समाचार
Jan 29, 2020
घट्यो सुन तोलाको रु ४००
काठमाडौँ, माघ १५ जारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला रु ४०० ले घटेको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० कायम गरेको छ । मङ्गलबार सुनको मूल्य स्थिर थियो । सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुन प्रतितोला रु ७५ हजार ७०० मा खरीदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु ८७० पुगेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video