राजनीति
Jan 27, 2020
सभामुख सापकोटा नेकपाबाट अलग
काठमाडौँ, माघ १३ सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गर्नुभएको छ । उहाँले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गर्नुभएको हो । “नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु”, सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।” नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video