राजनीति
Jan 26, 2020
कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग
काठमाडौँ,  माघ १२ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ । उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दल आग्रह गरेको हो । “महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ”, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video