राजनीति
Jan 26, 2020
प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल
काठमाडौँ माघ १२ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिनुभएको थियो । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने कुरा राख्नुभएको उपनेता नेम्वाङको भनाइ छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video