लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित  |  सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन  |  टोखा नगरपालिकाद्वारा राहत सङ्कलन मापदण्ड तयार  |  ‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
समाज
Jan 24, 2020
प्रेस काउन्सील नेपालको कर्मचारी संघमा मल्लको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन
रबिन थपलिया । काठमाण्डौं । माघ १० । प्रेस काउन्सिल नेपाल कर्मचारी संघमा सुरेन्द्र मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 
संघको आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा उपाध्यक्ष सविता ढकाल, महासचिवमा बिष्णु लम्साल,सचिवमा बिपुल पाण्डे,कोषाध्यक्षमा प्रेमचन्द्र बड चयन भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यमा बिनय बजगाई, मनोज मण्डल, गीता कठायत, देवी राना, प्रह्लाद बस्नेत, विशाल पौडेल सर्वसम्मत चयन भएका छन् । 
प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार हिजो राती अवेर सम्म भएको छलफल पछि काउन्सील कर्मचारी संघले सर्वसम्मत रुपमा आज नयाँ कार्यसमिति चयन गर्न सफल भएको हो । श्रेष्ठले आज फेसबुकमा प्रतिकृया दिंदै लेख्नु भएको छ “जमाना निर्विरोधको,त्याग र सदभावको ! राती अबेरसम्म छलफल गरेर भए पनि एघार सदस्यीय सर्वसम्मत नेतृत्व पाएको छ ! सुरेन्द्र मल्लले अध्यक्षता गर्नुभएको टिमकालाई बधाई !” 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video