सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 23, 2020
सिरहामा लागू औषध गाजा सहित दुई युवा पक्राउ
राजेन्द्र महतो लहान  माघ ९  गते।सिरहाको धनगढीमाइ नगरपालिका -–९   स्थित प्रहरीले लागू औषध  गाजा  सहित दुई   जना युवालाई    पक्राउ गरेका छन्। 
बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बुधबार ७:३० बजेको समयमा धनगढीमाइ नगरपालिका -–९ स्थित  प्रहरी ले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको स.७प.१२८२ नम्बरको  मोटरसाइकलमा सवार  सिरहा को विष्णुपुर गाउँपालिका ५ को २९ बर्शिय सुनिल कुमार पासवान र मोटरसाइकल पछाडि सवार  धनगढीमाई नगरपालिका - ८  को २४  बर्शिय महेन्द्र साह 
को साथबाट प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याईराखेको लागुऔषध गाजा  १४.५ केजी  सहित  पक्राउ  गरेको हो।
पक्राउ परेका  दुबै जना   लाई  आवश्यक कारवाही तथा थप अनुसन्धान  भइरहेको जिल्ला  प्रहरी  कार्यालय  सिरहाले  बताएका छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video