प्रमुख समाचार
Jan 23, 2020
घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ
राजविराज, माघ  ९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई आज दिउँसो रु चार हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग रु चार हजार घुस रकम लिँदै गर्दा आयोगको टोलीले कार्यालय सहयोगी यादवलाई जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको इटहरी कार्यालयमा लगिने पनि उहाँले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video