आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
प्रमुख समाचार
Jan 22, 2020
प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता
काठमाडौँ, माघ ८ नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताउनुभयो । ताराको ‘सहारा’ मोरङ, बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द पराजुलीकै तथा सङ्गीत भीम बिसीको छ । बिसी र सरु गौतमले गीतमा स्वर भर्नुभएको छ । भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ । छायाङ्कन दीपक गिरी र सम्पादन अमृत चापागाईँले गर्नुभएको छ । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video