प्रमुख समाचार
Jan 21, 2020
टोकियो ओलम्पिक : नेपाली टोलीको पूर्वअभ्यास शिविर जापानमा
काठमाडौँ, माघ  ७ नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीको पूर्वअभ्यास शिविर तोकोशिमा प्रिफेक्चर जापान मा राख्ने भएको छ । उक्त सम्बन्धमा नेपालका तर्फबाट कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तोकोशिमाका तर्फबाट कोमानो इजुमिफ ले सोमबार हस्ताक्षर गर्नुभएको जनाइएको छ । जापानका लागि नेपाली राजदूत  प्रतिभा राणाको सहभागितामा भएको सो कार्यक्रममा पौडीबाट अशोकरत्न बज्राचार्य र आर्चरीबाट दीपकराज गुरुङले हस्ताक्षर गर्नुभएको हो । उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराउनुभयो । अध्यक्ष श्रेष्ठले भ्रमण वर्षमा नेपालका विभिन्न सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रको भ्रमणका लागि जापानी नागरिकलाई आग्रह गर्नुभएको कमिटीले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video