आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
प्रमुख समाचार
Jan 19, 2020
शहीदको सपना पूरा गर्न अझै सङ्घर्षरत : अध्यक्ष यादव
लहान,माघ  ५ समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताउनुभएको छ । तेह्रौँ मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताउनुभयो । शहीदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका शहीदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गर्नुभयो । मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा माघ ५ गतेलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । दिवसको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले पर्साको वीरगञ्जमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश २ सरकारले अघिल्लो वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवस मनाएको थियो । यस्तै दिवसको अवसरमा आजै डा सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video