प्रमुख समाचार
Jan 17, 2020
पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
चितवन, माघ  ३ भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ चिनियाँसहित ३२ र घरमा रहेका एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको बताइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video